Logo

सल्यानमा पियनको भरमा कार्यालयहरु सञ्चालन



Spread the love

salyan district

सल्यानको उत्तरी पश्चिमी क्षेत्रका सरकारी कार्यलयहरु दशै तिहार सकिए पनि सञ्चालन हुन सकिरहेका छैनन् । १ महिना अघि दशै बिदामा घर गएका कर्मचारी बिदा सकिए पनि कार्यलयमा नआएको स्थानीयको गुनासो रहेको छ ।

सेवा केन्द्र मुलखोलाको कृर्षि सेवा केन्द्र,पशु सेवा कार्यलय, स्वास्थ्य चौकि मुलखोला,बामे,घाँजरीपिपल र चाँदे लगाएतका गाविसमा रहेका स्वास्थ्य कार्यलयहरु र विद्यालहरुमा शिक्षक नर्फकिदाँ सेवा ठप्प रहेको छ । दशै बिदामा घर गएका सामुदायिक विद्यालका शिक्षक समयमा विद्यालय नर्फकिदाँ विद्यालयहरू पनि सुन सान देखिन्छन् ।

केही सरकारी कार्यलयमा भने कार्यलय सहयोगी भरमा कार्यलय सञ्चालन भएको देखिन्छ । बिदा सकिए पनि १ महिना सम्म कर्मचारी कार्यलयमा नआउदाँ सेवाग्राहि मर्कामा परेका छन् । सेवा केन्द्र मुलखोलामा रहेको कृर्षि सेवा केन्द्रमा भने सधैँ कार्यालय सहयोगी बाहेक अन्य कर्मचारी नबस्ने गरेको पाएको छ ।

कृर्षि सेवा केन्द्र उक्त क्षेत्रमा रहेता पनि प्रत्यक्ष किसानले कुनै लाभ लिन नसकेको स्थानीय लोक बहादुर विष्टले बताए । कर्माचारी नहुदाँ अस्पताल लगायत अन्य सरकारी कार्यलयहरुको सेवा ठप्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्