Logo

कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरेको छ :मन्त्री ज्ञवाली



Spread the love

नेकपा का नेता तथा वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने “चियाको कपमा आएको तुफानजस्तै अधिनायकवादको कृत्रिम हल्लाद्वारा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ’ तेस्तै मन्त्री ज्ञवालीले थपे ‘ म स्पष्ट भन्न चाहन्छु, वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिवद्ध मात्र होइन, लोकतन्त्रको अभियन्ता हो ।’

सरकारले दुई छिमेकी मुलुक संगै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुमधुर बनाउन प्रयासरत रहेको समेत मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्