Logo

डडेलधुरामा गर्भपतन गराउनेको संख्या वृद्धि : गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरी धेरै



Spread the love

डाक्टरको अभाव भएको  देश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ ।

पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा  २० वर्ष मुनिका किशोरीले गर्भपतन गराएको देख्न सकिन्छ । अस्पतालको वार्षिक प्रतिवेदनले सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको समेत देखाएको छ । 

आर्थिक वर्ष ०७२/७३ मा १ सय ३० जनाले गर्भपतन गराएकोमा ०७३/७४ मा २ सय ३ जनााले गर्भपतन गराएको तथ्यांक छ । यो वर्ष उक्त संख्या बढेर २ सय ५९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्