Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा वन्द



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरिने भएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरि २४ सै घण्टा सञ्चालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी गराए । मन्त्री अधिकारीले बर्षादपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भएलगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण वन्द गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने मन्त्री अधिकारीले बताए । २०१९ जुन सम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको पनि उनले । त्यस्तै मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्