Logo

पत्रकारमाथि पेसागत जोखिम



Spread the love

मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो ।

सांकेतिक तस्बिर

संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका लागि सार्वजनिक सररोकारका विषयमा जोकोहीको अनुमति लिएर मात्रै फोटो खिच्ने व्यवस्था व्यावहारिक रूपमा सम्भव हुँदैन।

व्यक्तिले अनुमति नदिने कतिपय घटना र सार्वजनिक सरोकारका विषयसमेत आचासोका विषय हुन् । अनुमतिविना फोटो खिचिएको कसुरमा एक वर्षसम्म कैद, १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।

संहिताकै भाग ३ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी व्यवस्था गरिएको छ । हाल सञ्चारमाध्यम वा पत्रकारले सामना गर्नुपर्ने कठिनाइमध्ये ‘गाली बेइज्जती’को मुद्दासमेत हो ।

प्रतिक्रिया दिनुहोस्