Logo

अफगानिस्तानमा ४५ सैनिकको मृत्यु



Spread the love

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ ।

बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
यस आक्रमणमा ३५ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरुद्वारा जारी प्रतिवेदनमा जनाइएको छ । आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् ।
तालिबानले ठूलो संख्यामा सैनिक सवारी साधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्तामा उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि भएको यो दोस्रो ठूलो तालिबान आक्रमण हो ।
गत सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिबानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिबानले कब्जासमेत गरेका थिए । (रासस/एपी )

प्रतिक्रिया दिनुहोस्