Logo

आगलागी हुदाँ दुई करोडको क्षति



Spread the love

विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ ।

बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ ।

कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै समान जलेको सञ्चालक पोखरेलले बताउनुभयो । आगलागीबाट पसलको सबै समान जल्दा दुई करोड मूल्यबराबरको क्षति भएकोे सञ्चालक पोखरेलले बताउनुभयो ।

आगलागी दमक, बिर्तामोडको बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाको सहयोगबाट करीब एक घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्