Logo

प्रतिनिधिसभा: शून्य समयमा ध्यानाकर्षण



Spread the love

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको छ । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो ।

फाइल तस्बिर

सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गर्नुभयो ।

सांसद सानु सिवाले काठमाडौँमा करीब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गर्नुभयो । सांसदहरु सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढङ्गले लगाउने पद्धतिको विकास गर्न माग गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्