Logo

काङ्ग्रेस नेता निधि भारत प्रस्थान



Spread the love

 नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान  गरेका छन  ।

भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन। नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत  पठाएका हुन  ।

बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ । 

रासस

प्रतिक्रिया दिनुहोस्