Logo

दुई भातृ संगठन बिद्यार्थी बिच सहमती



Spread the love

एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच एकीकरणपछिको  नाम  राख्ने बिषय मा सहमति भएको छ ।

एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू राखेर ‘अनेरास्ववियु’ राख्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार भएको विधान, राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई समेत पास गरेको छ ।

पूर्व अनेरास्ववियुबाट २६० र पूर्व अखिल क्रान्तिकारीबाट २३९ जना सद्स्य सहित अब संगठन मा कुल ४९९ सदस्य रहनेछ ।

अंग्रेजी नाममा अनेरास्ववियुले फ्रि र क्रान्तिकारीले इन्डिपेन्डेन्ट लेख्ने गरेकोमा अब एकीकृत नाममा इन्डिपेन्डेन्ट लेख्ने सहमति भएको छ । एकीकृत संगठनको नेतृत्वका बारेमा अर्को वैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्