Logo

उर्लिदो भेरीमा युवाहरुको खेल



Spread the love

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले आज भदौ १ गतेलाई भेल खेल्ने चाडका रूपमा मनाएका छन् ।

चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ । हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पिंङ्गको लागि कैयार(खर) काटेर ल्याउने चलन रहेको छ । कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ ।

 

उर्लिदो भेरीमा युवाहरुले भेल खेल्दा पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको स्थानीयको भनाई छ । पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई विर्सिए पनि वुढापाकाहरु अझै भने यसको महत्व निकै रहेको वताउने गरेका छन् । अम्राका स्थानीय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल खेल्ने आउने गरेको वताए । तर आज भोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ ।

 

भाद्र संक्रान्तीका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए । उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ वाँधेर उक्त भेलमा पसेका थिए । ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दै उनिहरु भेलमा आनन्द लिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्