Logo

ट्याक्टर दुर्घटनामा एकको मृत्यु



Spread the love

रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ । बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा१त ३१०६ नं को ट्याक्टर करीब एक हजार मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्