Logo

४८ लाख चेलीका सन्तानलाई नागरिकता दिएपछि यो देशको अस्तित्व कतिदिन टिक्ला ! (भिडियो सहित )



Spread the love

करिब २२ लाख नेपाली चेलीहरु भारतमा बिहे गरेर गएका छन्। उनीहरु भारतीय नागरिक हुन्, जसले भारतीय अस्तित्वलाई स्वीकार गरेका छन् । भारतीय श्रीमानलाई स्वीकार गरेर भारतमै बच्चा पाउन स्वीकार गरे । हाम्रा ति भान्जा-भान्जी हुन् । हामी टिका लगाउँछौ, दक्षिणा दिन्छौं तर नागरिकता दिन सक्दैनौं । हामीले बिहे गरेर ल्याएकाहरू हाम्रा बुहारी हुन् । उनका छोराछोरी हाम्रा छोराछोरी हुन् । हामी उनीहरुलाई नागरिकता दिन्छौं ।  नेकपाका नेता साध्य बहादुर भण्डारीले सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

‘विदेशी महिला बिहे गरेर ल्याउनेका सन्तानलाई पनि नेपाली नागरिकता दिने र विदेशीसँग बिहे गरेर पठाउने चेलीका सन्तानलाई पनि नागरिकता दिएपछि यो देश कतिदिन जोगिन्छ ? २२ लाख हामी बिहे गरेर पठाउँछौं र २६ लाख बिहे गरेर ल्याउँछौ भने ४८ लाख चेलीका सन्तानलाई नागरिकता दिएपछि यो देशको अस्तित्व कतिदिन टिक्ला ! यो देश फिजीकरण हुँदैछ । यो नागरिकता विधेयकले फिजीकरण गर्न तिव्रता दिन्छ । यो वितरणमुखी नागरिकतालाई स्थगन गर्नुपर्छ भन्ने हाम्रो माग छ’,भण्डारीले भने ।

भण्डारीले अगाडि भने- ‘युपी, बिहार र पश्चिम बंगालका दश करोड मानिसहरु सिमान्तकृत भएका छन् । सिमान्तकृतको बाँच्ने थलो नेपाल हो । उनीहरु विदेश जान परेमा नेपालको नागरिकता लिएर जान्छन् । भारतमा रासन कार्ड पाईन्छ तर नागरिकता पाईदैन । विदेश जान रासन कार्डले हुँदैन । त्यो सहज बनाउनको लागी तिकडमबाजी भईरहेको छ । प्रत्येक बर्ष दुई लाख भारतीयहरु नेपाल आएर बस्छन् । जुन मानिसले तराईमा नागरिकताको कुरा उठाएका छन्, ति मानिसहरु हाम्रा मधेशी होइनन्, हामीले भित्र्याएका देशी हुन् । उनीहरु हाम्रो सार्वभौमिकता माथि आँच पुर्याउन चाहान्छन् । त्यसैले सरकारले यो नागरिकता सम्बन्धि विधेयकलाई स्थगित गर्नुपर्छ।’

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस् !

https://www.youtube.com/watch?v=bRQhJFSd2J4

प्रतिक्रिया दिनुहोस्