Logo

कुखुरा आयातमा पनि २ रुपैयाँ कर



Spread the love

बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ ।

नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

सांकेतिक तस्बिर

हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन ।

जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भनेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्