Logo

सल्यानी गाडीमा सल्यानका पर्यटकिय चिनारी अङ्कित स्टिकर राखिने



Spread the love

salyan district

यातायात क्षेत्रलाई मर्यादित, यात्रुमुखी बनाउने उद्देश्य बोकी करिब एक दशक अगाडी सल्यानमा प्रधान कार्यालय राखी ठुला तथा साना यात्रुबाहक गाडी सञ्चालन गर्दै आइरहेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले अब आफ्ना गाडीमा सल्यानका पर्यटकिय चिनारी अङ्कित स्टिकर राख्ने भएको छ । सल्यानलाई राष्ट्रिय रूपमा चिनाउने र सल्यानको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ सम्पूर्ण गाडीहरुमा स्टिकर टाँस्न लागेको हो ।

सल्लेरी खबर (माउण्ट बुद्ध मिडिया), सल्यान दृष्टिकोण सँगको सहकार्यमा आफुहरुले लामो तथा छोटो दुरीमा चल्ने सबै गाडीहरुमा सल्यानका पर्यटकीय सम्पदा अङ्कित स्टिकर राख्न लागेको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।

गाडीमा सल्यानका पर्यटकिय चिनारी अङ्कित स्टिकर राख्ननाले  जिल्लाका पर्यटकिय सम्पदाको प्रर्बद्धन तथा प्रचारप्रसारमा टेवा पुग्ने सल्लेरी खबर (माउन्ट बुद्ध मिडिया) का अध्यक्ष सुदर्शन बुढाथोकीको विश्वास छ ।

सल्यानको पर्यटन प्रर्बद्धनमा  सहयोग पुग्ने पर्यटकिय सम्पदाका तस्बिरहरु आफुहरुलाइ पठाउन सल्यान दृष्टिकोणका संयोजक धुर्बराज वलीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्