Logo

अख्तियार झिकायो बिमान खरिदको फाईल : फाईल दिन किन आनाकानी गरे त मन्त्रीले ?



Spread the love

नेपाल एअरलाइन्सले केहि समय अघि खरिद गरेको ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा बिचौलियासँगको मिलोमतोमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागपत्र र फाइल झिकाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी समपुर्ण कागजपत्र झिकाएको हो ।

निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।

तर संस्कृति, पर्यटन तथा नागरि उड्डयन मन्त्री रविन्द्र अधिकारीले भने विमान खरिद प्रक्रियामा कुनै पनि किसिमको अनियमितता नभएको भन्दै बचाउमा उत्रेका छन् । त्यस्तै उनले फाइल दिन आनाकानी गरेको अख्तियार स्रोतले जनाएको छ । खरिद प्रक्रिया मिचेर गरिएको विमान खरिदमा ठूलो राशीमा पैसाको चलखेल भएकाले उनी फाइल दिन हिच्किचाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्