Logo

सल्यानमा खोलाले गाडी बगाउदा यात्रुको भगाभाग्



Spread the love

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनगाड खोलामा करीब ६ बजे तिर गाडिले खोला पार गर्दै गर्दा वाढि आउँदा यात्रुले गाडि भित्रैबाट हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाईस किया खोला गर्दा वाढि आएको थियो ।  सवै यात्रु छिटो छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले वगाएको छ । गाडि ढुङ्गामा अट्किए पछि खोलाले वगाउन सकेन ।

तत्तकालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यसअघि नै खोलाले वगाई सकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय गाडी व्यवसाय नन्द पुनको दुखेको छ । सो सडक खण्डमा दैनिक २ हजारको संख्यामा आवत जावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय दिपक यरी जानकारी दिएका छन । खोला पार गर्दा सयौ गाडिहरुको इन्जीनमा पानी पसेर इन्जीन सिज हुने गरेको छ । खोला वढेपछि यातायातका साधान गन्तव्यमा नपुग्दा सयौ यात्रुहरु दैनिक दिन वाटोमै अलपत्र पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्