Logo

प्रदेश नं २ र प्रदेश नं ७ मा आईतवार सार्वजनिक बिदा



Spread the love

प्रदेश नं २ र प्रदेश नं ७ मा सरकारले अाइतबार रक्षा बन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ । आइतबार हुने रक्षा बन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए ।

प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।

शुक्रबार प्रदेश ७ ले सूचना टाँसर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनैपूर्णिमा तथा रक्षाबन्दनको अवसरमा प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश ७ कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ ।मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर ७ को महत्वपूर्ण पर्व जनैपूर्णिमा तथा रक्षाबन्दनका दिन बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्