Logo

यसरी मनाइयो सल्यानमा गाईजात्रा ( तस्बिर सहित)



Spread the love
  • बामदेव के.सी. – सल्यान

कर्णाली प्रदेश, सल्यान खलंगा सदरमुकाममा मनाइने गाईजात्रा पर्वको आज दोस्रो दिन । यो पर्व जिल्लाकै विषेश पर्व मानिन्छ । विषेश गरी नेवार समुदायमा प्रचलित यो गाईजात्रा पर्व मृत आत्माको चिरशान्तिको कामना गर्दै धुमधामका साथ मनाउने गरिन्छ ।

यो गाईजात्रामा खासगरी बैरागीलाई विशेष किसिमको सिगांरपट्टयार गरी मृत मानिसको फोटो गाईजात्रामा टासेर सल्यान खलंगाको विभिन्न घरहरु तथा बजारमा परिक्रमा गराइन्छ । डाेको भित्र एक जना मान्छेलाई राखेर उक्त मान्छे चारैतिर नाच्दै गर्दा सङै चार जना बैरागीहरु पनि मादल अनि मुरलीको तालमा नाच्ने चलन छ । गाईको फोटो टासेर एक जना बालकलाई बाच्छि बनाउने चलन छ । यो पर्वको मुख्य बिशेषता अनि आकषर्ण भनेको ठुलाठुला मादल अनि मादलको तालमा नाचिने नाच र चिटिक्क सिगांरीएका बैरागी हुन ।

ताउताउ खंताउ खतनीकि धाउ घिनताउ नघदाउ हुइ हुइ , दे दे माता खान दे रक्सीको बोतल हुइ हुइ । यो गीत गाईजात्रामा मादल को तालमा गाइने विशेष गीत हो । यो पर्व मा सल्यान को नेवार समुदायमा रक्सी लाई विषेश सगुन का रूपमा लिने गरिन्छ ।

यो गाईजात्रा पर्व हेर्न हजारौंको संख्यामा मान्छेहरुको सदरमुकाममा भिड लाग्ने गर्छ । परापुर्वकाल देखि एउटा सस्कार र सस्कृति संग जोडिएको यो पर्व दुईदिन सम्म हर्ष उल्लासका साथ मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्