Logo

गोरेले गरे आत्महत्याको प्रयास



Spread the love
फाइल तस्बिर

चिया पसलदेखि सदनको सम्मको माहोल तताएको चर्चित काण्ड ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै आत्महत्याको प्रयास गरेका छन्।

कारागार स्रोतका अनुसार ‘गोरे’ले केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाँधेर पासो लगाएका हुन्। उनी तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतको भनाई छ। केही महिना अघि गोरेको मानसिनक अवस्थामा समस्या आएको भन्दै कारागाभित्र कै अस्पतामा चेक जाँच समेत गरिएको थिए।

गत जेठ २८ मा सुनसरीको झुम्का कारागारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौँ ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्