Logo

स्थानियबासीद्धारा १२ किलो मिटर मोटरबाटो मर्मत



Spread the love

salyan district

सल्यान काभ्राका स्थानियहरु सामाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढेका छन् ।  उनीहरूले विकास निर्माणका लागी राज्यको मुख ताकेर बस्नु भन्दा आफ्नै लगानीमा ती विकास निर्माणका काम अगाडी बढाए छिटो र गुणस्तरीय हुने भन्दै ग्रामीण सडकको मर्मत गरेका हुन ।

उनीहरूले काभ्राको २ न.ं वडा पानीघाट देखी गोगने गैरी कटेरी हुदैँ कालापोखरा सम्मको ग्रामीण मोटरबाटो मर्मत गरेका छन् । दुई दिन सम्म १२ किमी मोटरबाटोको मर्मत तथा सरसफाई गरिएको सरसफाई युवा समितिका अध्यक्ष डिल्ली राज खड्काले जानकारी दिए ।

केही वर्ष पहिले सरकारी निकायको ५ लाख, कालापोखराका स्थानीयको ५ लाख र गैरी कटेरीका स्थानीयको ५ लाख रुपैयाँले उक्त स्थानमा मोटरबाटो निर्माणको थालनी गरिएको थियो । बर्षै पिच्छे बर्षायाममा बाटोमा खाल्डाखुल्डी पर्ने तथा पहिरो जाने तर सरकारी निकाय बाट त्यसको मर्मतको लागी कुनै पहल नभए पछि बाटो जिर्ण अवस्थामा पुगेको थियो ।

अहिले आएर आफ्नो गाउँघरको विकास आफै गर्नु पर्छ भन्ने उद्देश्यका साथ वडा भित्रका सम्पूर्ण १ सय ५१ घरघुरीले श्रमदान गरी बाटो मर्मत गरेको समितिका सचिव भुपेन्द्र खड्काले बताए ।

सल्यानको काभ्रा बाट सिधैँ दाङ जोड्ने उद्देश्य सडकको निर्माण गरिएको थियो । जिर्ण अवस्थामा रहेको मोटर बाटोको मर्मत पछि एम्बुलेन्स, जीव, ट्रयाक्टर लगाएतका साधन सजिलै चल्ने समितिका कोषाध्यक्ष रेशम खत्रीले विश्वास व्यक्त गर्नु भयो । बोटर बाटो मर्मत पछि बजार सम्म आवातजावतमा सजिलो हुने भन्दै २ न वडाबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्