Logo

पूर्वी रुकुममा यातायात अवरुद्ध



Spread the love

मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउँ र खोपिचारमा पहिरो गएपछि पूर्वी रुकुममा यातायात सेवा अवरुद्ध भएको छ  ।

यातायात अवरुद्ध हुँदा पूर्वी रुकुमका वासिन्दालाई आवत जावतमा समस्या परेको छ ।

दुई सातादेखि परेको अविरल बर्षाका कारण अन्य स्थानमा पनि सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यातायात सेवा प्रभावित भएको स्थानीय ले बताए ।

मध्यपहाडी लोकमार्गका धेरै ठाउँहरुमा पहिरो गएर यातायात सेवा अबरुद्ध हुँदा समेत स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको भन्दै रुकुमपूर्वका बासिन्दाले गुनासो समेत गरेका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भने सिस्ने गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडक सुधार्ने काम गरिरहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्