Logo

भारतीय सत्ता पक्ष र प्रतिपक्षका दुवै शीर्ष नेता नेपालमा, राहुल गान्धी पनि आइपुगे



Spread the love

भारतीय सत्ता पक्ष र प्रतिपक्षका दुवै शीर्ष नेता नेपालमा आएका छन् । सत्ता पक्षका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा भाग लिन भदौ १४ गते आएका हुन् भने प्रतिपक्षका प्रमुख काँग्रेस आईका अध्यक्ष राहुल गान्धी आज शुक्रवार दिउँसो आइपुगेका छन् ।

गान्धी इन्डिगोको जहाजबाट केहिबेर अघि काठमाडौँ आएका हुन् । कर्नाटक विधान सभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाज गत २६ अप्रिलमा आपतकालीन अवतरण गरिएको थियो । अवतरण पछि प्रतिक्रिया दिँदै गान्धीले कैलाश मानसरोवर याद आएको बताएका थिए ।

मानसरोवर पुग्नको लागि गान्धी काठमाडौँमाबाट नेपालगन्जसम्म हवाईजहाज र त्यहाबाट हुम्ला मानसरोवरसम्म हेलिकोप्टरमा जाने तयारी भएको बुझिएको छ ।

उनी कसको निमन्त्रणामा आएका हुन् भन्ने बारे सार्वजनिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्