Logo

जाजरकोटमा पहिरोले एक घर पुरियो, १० परिवार विस्थापित



Spread the love

जाजरकोटको नलगाड नगरपालिकामा आज आएको पहिरोले बगाएर एक घर पुरिएको छ । नलगाड नगरपालिका–६ गराग्लीमा गएको पहिरोले एक घर बगाउनुको साथै १० घर परिवार विस्थापित भएका छन् ।

 

 

कर्णबहादुर खड्काको चार कोठे घर, दुई कोठे भैंसी गोठ र बाख्राको खोरसमेत पहिरोले बगाएको बताइएको छ । खड्काको घरमा भएको खाद्य सामग्रीलगायत सम्पूर्ण सामान पहिरोले बगाएको छ ।

त्यसैगरी गराग्लीकै स्थानीय बासिन्दा दलबहादुर रावल, कृतिबहादुर रावल, नन्ने कामी र लालबहादुर खड्कालगायत १० घर परिवार विस्थापित भएका छन् । विस्थापित सबैलाई माथिल्लो गराग्लीमा राखिएको स्थानीय रणबहादुर खड्काले जानकारी दिए ।

भीषण वर्षापछि आएको बाढी पहिरोले बगाएर १०० हेक्टर बढी जमीनमा लगाइएको धानबाली नष्ट हुनुका साथै जमीननै झण्डै १० मिटर जति तल भाँसिएको छ । बाढी नरोकिएकाले खोलाले कटानसमेत गरेको खड्काले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्