Logo

सबै जातजातिको सहभागितामा, बेनीमा ‘रोपाइँ नाच’ प्रदर्शन



Spread the love

एक महिने लामो बर्खेनाच अन्तर्गत शुक्रबार जिल्लामा ‘रोपाइँ नाच’ देखाइएको छ ।

बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको उक्त नाचसँगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच पनि देखाइने गरिन्छ ।

नेपाल भाषा मंकाः खलः को मूल आयोजनामा निकालिएको उक्त नाचमा जिल्लास्थित विभिन्न जातजातिको भेषभूषामा सजिएका कलाकारले नृत्य देखाएका थिए । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाचको निरन्तरता र संरक्षणका लागि बेनीमा बसोबास गर्ने सबै समुदायको योगदान रहेकाले पछिल्लो समय यो नाचलाई समेत समावेशी बनाउन थालिएको छ ।

समावेशी रोपाइँ नृत्यमा म्याग्देली कला र संस्कृति संरक्षणमा सबै समुदाय एकताबद्ध भएको सन्देश प्रवाह गराइएको गायनमा सहभागी भएका लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीले बताए ।

करीब १०० कलाकार सहभागी भएका उक्त नाचमा नेवार समुदायसँगै, मगर, छन्त्याल, बाह्मण, क्षेत्री, थकाली, दलितलगायत जातजातिको सहभागिता गराइएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्