Logo

एभरेष्ट बैंक भित्रैबाट लुटियो पैसा



Spread the love

बुटबलस्थित एभरेष्ट बैंक भित्रैबाट आइतबार बिहान रकम  लुटिएको छ । बैंकको सिसिटीभी क्यामेरामा तीन जनाले बैंक भित्रबाटै रकम लुटेको कैद भएको छ ।

नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस चलाउदै आएका दिनेश ज्ञवाली बैंकमा रकम जम्मा गर्न गएका थिए । बिहान १० बजेट र ५ मिनेट जाँदा  २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो ।

लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्