Logo

सल्यानमा १ सय ४६ जनाको निःशुल्क आँखा जाँच



Spread the love

aakha_shibir_salyanसल्यानको कजेरीमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, राप्ती आँखा अस्पताल, आँखा उपचार केन्द्र शितलपाटी सल्यानको प्राविधिक सहयोग तथा रेडियो राप्ती सल्यान, एस.बि. इलेक्ट्रोनिक्स श्रीनगर सल्यान र टाईम्स कम्प्युलोजी श्रीनगर सल्यानको संयुक्त आयोजनामा शिविर आज सम्पन्न भएको हो ।

शिविरको स्वास्थ्य चौकी कजेरीले स्थानीय व्यवस्थापन गरेको थियो । आज सम्पन्न भएको शिविरमा जम्मा १ सय ४६ जनाले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा आँखा जाँच गराउने मध्ये ३० जनामा मोतिया बिन्दु भएको र जसमा १६ जनाको अप्रेशन गर्नु पर्ने आँखा जाँच कार्यमा संलग्न राप्ती आँखा अस्पताल, आँखा उपचार केन्द्र शितलपाटीका ईन्चार्ज सर्ताज भूशेलले बताए  ।

उहाँका अनुसार ११ जनामा आँखामा मासु पलाएको, ८ जनामा आँखमा बोसो पलाएको, २१ जनाको आँखा पाकेको आँखाका बिरामीहरु फेला परेका छन् । यस्तै ३५ जनाले चस्मा प्रयोग गर्नु पर्ने, ३ जनालाई दाङ रिफर गरिएको, सामान्य २५ र अन्य १३ जना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्