Logo

सल्यानका थप स्थानीय रुटहरुमा गाडी सञ्चालन गर्दै सल्यान रुकुम यातायात



Spread the love

FB_IMG_1476034621641-1

बुधवार बसेको सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठकमा लामो तथा छोटो दुरिका यातायातका साधन सञ्चालन लाई व्यवस्थित गराउन र नयाँ स्थानीय रुटहरुमा गाडी सञ्चालन गरी जनतामुखी सेवा कसरि दिने भन्ने विषयमा छ्लफल गरिएको समितिले जनाएको छ ।
जनताको माग र चहना लाई ध्यानमा राखी समितिले थप नयाँ स्थानीय रुटहरुमा पनि गाडी सञ्चालन गर्ने निर्णय गरेको छ ।

समितिले बाटोको अनुगमन गरे लगत्तै सल्यान श्रीनगर भल्चौरको फारुला हुँदै दार्माकोट सम्म ठुलो बस, श्रीनगर ढोरचौर हुँदै शिद्देश्वरिको कालालेख सम्म मिनि बस , खलंगा श्रीनगर हुँदै स्यानिखालको चलाउने पानी सम्म मिनिबस, खलंगा श्रीनगर कोर्बाङझिम्पेको लैसेबजार हुँदै जयचौर सम्म मिनि बस, खलंगा श्रीनगर हुँदै तल्लो काभ्रा सम्म मिनि बस र खलंगा श्रीनगर हुँदै फलाबाङ्गको पुतलिबजार सम्म जिप सञ्चालन गर्ने भएको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताएका छन् ।

वर्तमान समयमा समितिले गरेका कार्य बारे समीक्षा र आगामी योजना बारे छ्लफल समेत गरिएको समितिका महासचिव अरबिन्द कुमार राईले जानकारी दिए ।

२०६६ सालमा स्थापना गरिएको सल्यान रुकुम यातायात व्यवसायी समितिले लामो तथा छोटो दुरिका मिनि, जिप, तथा डिलक्स प्रकृतिका यात्रुबाहक गाडिहरु सञ्चालनमा ल्याएको छ भने, समयको माग र यात्रुको चाहनालाई पूरा गर्नको लागि  सुविधा सम्पन डिलक्स बसहरु ग्यारेजमा बन्ने क्रममा रहेको समितीका उपाध्यक्ष डम्बर कवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्