Logo

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त



Spread the love

 भारतीय एयर फोर्स(आईएएफ)को एक एमआईजी–२७ जहाज मंगलबार नियमित मिसनको क्रममा राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ ।

विमानका पाइलट भने सुरक्षित छन् ।

आईएएफले उक्त दुर्घटनाको अनुसन्धानको लागि निर्देशन दिएको छ । आईएएफसँग अझै पनि एमआईजी–२७ को दुई स्वार्डोन रहेको छ । ती जहाजहरुको अर्को वर्ष समयावधि सकिदैछ ।

सुरक्षाको हिसाबमा एमआईजी–२७ को त्यति राम्रो रेडर्क रहेको छैन ।

जुन महिनामा एक अर्को एमआईजी–२७ अपग्रेड जहाज जोधपुरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यस दुर्घटनामा पाइलट कण्डपाल दुर्घटना हुनु केही सेकेण्ड अघि सुरक्षित रुपमा निस्किन सफल भएका थिए । दुर्घटनास्थलमा पनि कुनै मानवीय क्षेति भएको छैन । तर पाइलट उक्त क्षेत्रमा रहेको ट्रान्स्फरमर नजिक खसेकाले बालबाल बचेका थिए ।

दुर्घटनामा दुई घर र छेउमा पार्क गरिरहेको एक गाडिमा गम्भिर क्षति पुगेको थियो ।

अघिल्लो नोभेम्बर पुनः अर्को आईएएफ एमआईजी–२७ लडाकु विमानलाई अवतरण गर्ने क्रममा त्यसको टायर पड्केको थियो । विमान जोधपुर विमानस्थलको धावनमार्गमा लामो समयसम्म अड्केको थियो ।

सन् २०१५ जनवरीमा जोधपुर हवाई आधारबाट उत्तरलाईको नियमित अभ्यासको क्रममा उडेको अर्को एक एमआईजी–२७ लडाकु विमान पनि राजस्थान बारमरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानको एक टुक्रा छेउ सडकमा मोटरसाइकल चलाइरहेका चालकलाई लागेको थियो ।

घाइते युवा लून सिंह आफ्नो विवाहको लागि छिमेकी गाँउमा निमन्त्रणा दिन जादै थिए ।

यो बेला पनि पाइलट समयमै विमानबाट निक्लिन सफल भएका थिए । स्रोत एजेन्सी 

प्रतिक्रिया दिनुहोस्