Logo

लागुऔषधसहित दुई पक्राउ !



Spread the love
प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ ।
 
महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोवारीे हुनसक्ने आशङ्कामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको हो ।
 
प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजोपाम १५३ पिस, फ्यानजान १५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १२० एम्बुल लागुऔषध बरामद भएको हो । प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको थप अनुसन्धान हुुँदैछ भने प्रचलित कानूनअनुसार कारवाही हुने निरीक्षक खनालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्