Logo

चौध वर्षदेखि अलपत्र परेका क्याम्पसका दुई भवन निर्माण हुने



Spread the love

बाके स्थित महेन्द्र बहुमुखी क्याम्पसका दुई भवन आगामी महिनादेखि निर्माण गरिने भएको छ । उक्त भवन बिगत चौध वर्षदेखि अलपत्र अबस्थामा थिए  ।

क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा जीर्ण बन्दै गएका स्नातकोत्तरको कक्षा र छात्रावास भवन असोजदेखि निर्माण शुरू गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख गणेश रेग्मीले जानकारी दिए ।

“उपमहानगरपालिकाले भवन निर्माणका लागि ५० लाख विनियोजन गरेको छ । प्राविधिक लागत अनुमान तयार भइसकेको छ,” उनले भने, “अबको १५/२० दिनमा निर्माणको प्रक्रिया अघि बढ्छ ।”
उक्त भवन निर्माणमा १४ वर्षअघि भारतीय राजदूतावासले आर्थिक सहयोग गर्ने सहमति गरेको थियो । क्याम्पस प्रमुख रेग्मी भने, “सम्झौताबमोजिमको सहयोग प्राप्त हुन सकेन र निर्माण पनि अलपत्रै भयो ।” उक्त दूतावासले दुई करोड ९८ लाख ९६ हजार ८३४ सहयोग गर्ने गरी सम्झौता गरे पनि ४३ लाख मात्रै तत्कालीन उपमहानगरपालिकाको खातामा पठाएको थियो ।

दूतावासबाट आएको ४३ लाखमध्ये अहिले पनि करीब रु ३० लाख बचत रहेको र उपमहानगरले ५० लाख विनियोजन गरेकाले आगामी महिनादेखि निर्माणको काम शुरू गरिने उहाँले बताए । भवनसमेत जीर्ण भइसकेको र निर्माण थालिएका भवन अधुरा रहेकाले पठनपाठनमा समस्या भएको प्रमुख रेग्मीको भनाइ थियो । शुरूमा गोर्खा बडिमालिका जेबीले विसं २००८ मा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । बीस महिनामा काम सक्ने सम्झौता गरेको बडिमालिकाले तोकिएको मितिमा आधा काम पनि गर्न नसकेको उनले बताए ।

उक्त निर्माण कम्पनी अहिले पनि कालोसूचीमा परेको र त्यसपछि भवन निर्माणका लागि जिम्मेवारी लिएको नरसिंह कालापानी जेवीले समेत सम्झौताअनुसार काम नगरेका कारण अहिलेसम्म भवनको निर्माण अधुरै छ ।रासस  

प्रतिक्रिया दिनुहोस्