Logo

मलामी विश्रामगृह र शवदाह स्थल



Spread the love

तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् ।

स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित पातुखोलामा रहेको विष्णुघाटमा विश्रामगृह र शवदाह स्थल बनाएका हुन् । सो वडाका २० जना गृहिणी महिलामा सामाजिक काम गर्ने सोच भित्रैदेखि आएपछि उनीहरुले पुष्पाञ्जली महिला समूह गठन गरी उक्त कामको शुरुआत गरेको बताए । महिलाले विगत तीन वषदेखि स्थानीय व्यापारी, सरकारी निकाय, सङ्घसंस्था लगायतसँग स्वेच्छिक चन्दा सङ्कलन गरेर काम सम्पन्न गरेका हुन् ।

विश्रामगृह र शवदाह स्थल निर्माण समितिका संयोजक एवं पुष्पाञ्जली महिला समूहकी अध्यक्ष सुशीला भट्टराइले आफूहरुले विगत तीन वर्षदेखि थालेको काम अहिले सम्पन्न भएको बताउनुभयो । रासस)

प्रतिक्रिया दिनुहोस्