Logo

दार्माकोटको मैदान बजारमा पहिलो पटक यात्रुबाहक गाडी पुग्यो



Spread the love

file_photoसल्यानको दार्माकोट गाउबिकास समिति वडा न १ मैदानमा मंगलबार पहिलो पटक यात्रुबाहक गाडी पुगे लगत्तै स्थानीय बासिन्दा हरुमा खुसीयाली छाएको छ ।

दार्माकोटको केन्द्र  मैदान बजार सम्म गाडी पुग्ने खबर पाई मंगलबार बिहानै देखि टीका, फुलमाला हातमा समाई गाडीको प्रखाईमा बसेका दार्माकोट बासीहरुले सल्यान रुकुम यातायात व्यवसायी समितिको ना३ ख ५६४५ नम्बरको गाडी मैदान बजारमा पुग्न साथ एक कार्यक्रमको आयोजना गरी गाडी उद्घाटन गरेका हुन।

गाडी उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सद्स्य चन्द्र प्रकाश रावत (प्रकाश )ले सल्यान जिल्लाको सुदुर उत्तरमा रहेको दार्माकोटको मैदानबजार सम्म श्रीनगर देखि नियमित गाडी सञ्चालन गर्नुले दार्माकोट बासीलाई मात्र नभएर छिमेकी जिल्ला रुकुमको नुवाकोट गाविस लगायत अन्य गाविसका यात्रुहरु लाई सहज हुने बताएका छन् । रावतले कुनै पनि विकासको महत्त्वपूर्ण अङ्ग यातायात क्षेत्र भएकाले दार्माकोट गाविस लाई समेट्ने गरी पहिलो पटक प्राप्त भएको यातायात सेवालाई संस्थागत गरी उपलब्धिमुलक गराउन सदाबहार गाडी सञ्चालन हुने सडकको व्यवस्था मिलाउनको लागि दार्माकोट, भल्चौर बासी र सरोकारवाला सबैमा अनुरोध गरेका छन् ।

नेपाली काङ्रेस  जिल्ला कार्यसमिति सल्यानका सदस्य यज्ञ बहादुर चन्दको अध्यक्षता र स्थानीय रामजि देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कंग्रेसका रामचन्द्र केसी, नेकपा एमालेका कबिकुमार चन्द र नेकपा माओवादी केन्द्रका टंक कुमार वलि लगाएतका राजनैतिक दलका प्रतिनिधि हरुले सडकको स्तरबृद्री गरी सदाबार गाडी सञ्चालन गर्ने वातावरण मिलाउन पहल कदमी चाल्ने बताएका छन् भने सल्यान रुकुम यातायात व्यवसायी समितिका प्रशासनिक इन्चार्ज छतेन्द्र हमालले सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानी जनताको साझा सेवा मुखी एक मात्र संस्था भएकाले दार्माकोट बासीको साथमा रहेर निरन्तर यातायात सेवा दिने प्रतिबद्धता समेत ब्यक्त गरेका छ्न ।

दार्माकोटको मैदानमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीय बासिहरुले समितिका प्रशासनिक इन्चार्ज छतेन्द्र हमाल, गाडी धनी अनिमेश के.सी., गाडी चालक डि बि डिसी ,कपिल चन्द  र सहचालक मोहन शर्मालाई अबिर फुलमालाले स्वागत गरेका थिए ।

सल्यान श्रीनगर देखि दार्माकोटका लागि प्रत्येक दिन बिहान साढे सात बजे र दार्माकोट बाट श्रीनगरका लागि बिहान सात बजे गाडी छुट्ने छ ।

सल्यानका प्रत्यक स्थानीय रुटहरुमा साना ठुला यात्रु बाहक गाडी सन्चालन भएका बाटोहरुको स्तरबृदि गर्न तर्फ सम्पूर्ण राजनीतिक दल, स्थानिय प्रशासन, नागरिक समाज, पत्रकार लगायत जिल्ला बासीहरु सबैको ध्यान केन्दित गर्न सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोक मान बुढाथोकीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्