Logo

सम्मान ग्रहण गर्न राजिव पोल्यान्ड प्रस्थान



Spread the love

rajeev_maharjan

मार्सल आर्ट क्षेत्रमा विगत २० वर्षदेखि योगदान गर्दै आएका उसु प्रशिक्षक राजिव महर्जनलाई सम्मान गरिने भएको छ। हाल नेपाली सेनाको उसु टिमका मुख्य प्रशिक्षक रहेका उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पदक विजेता समेत हुन ।

नेपालमा सञ्चालित मार्सल आर्ट अन्य विधाहरुलाई पछि पार्दै उसु छनौट भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सेनाकै वर्चस्व भएकाले उनलाई यो सम्मानका लागि सिफारिस गरिएको नेपाल मार्स लार्टका सदस्य सचिव राजेश तामाङले बताए। साथै उनी ‘मार्सल आर्ट एकेडेमी- नेपालका अध्यक्ष पदमा रही विभिन्न किसिमका सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

15328209_1267100123333280_1781723799_n

उसु मार्फत नेपालको गरिमा बढाएका महर्जनलाई आउँदो डिसेम्बर १० तारिखमा सम्मानार्थ पोल्यान्ड बोलाइएको छ। अन्तर्राष्ट्रिय मार्सल आर्ट महासङ्घ, अन्तर्राष्ट्रिय आत्मारक्षा महासङ्घ र अन्तर्राष्ट्रिय मार्सल आर्ट सक-मास्टर्स संस्थाद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा त्यहाँ उनलाई ‘यु बुदो बुसी हल अफ फेम- १०१६’ बाट सम्मान गरिने कार्यक्रम तय गरिएको पनि तामाङले सल्लेरी खबरलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्