Logo

पवन सर्राफको अर्धसतक संगै ,नेपालद्वारा अफगानिस्तानसामु १९० रनको लक्ष्य प्रस्तुत



Spread the love

भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ ।

एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो ।

नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २/२ विकेट लिए । अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ । उसले नौ ओभरमा एक विकेट गुमाउँदै ४० रन बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्