Logo

बुवालाई अस्पताल पुर्याउदा छोराको मृत्यु



Spread the love

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आले रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको बताईएको छ ।

बुबा हस्तबहादुर आलेकोे उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेको दुर्घटनामा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्