Logo

रुघाखोकीमा कागती र मह राम्रो कि औषधी ?



Spread the love

बीबीसी । चिसो मौसमको शरुआतबाटै मानिसहरु रुघाखोकीबाट बच्ने उपाय अबलम्बनतर्फ लाग्छन् । कयौं मानिसहरु घरमा रहेका बालबालिका र बृद्धबृद्धाहरुलाई रुघाखोकीबाट जोगाउन पहिलेबाट नै कयौं अनेक तयारीहरु गरेर बसेका हुन्छन् ।
जसमा कागती र मह जस्ता घरेलु उपचार र औषधीहरु पर्दछन् । बीबीसीको एक विशेष सिरीज ‘द ट्रुथ अबाउट’ मा डा. क्रिस वेन टुलेकेनले रुघाखोकीका साथ–साथै यसबाट राहत मिल्ने औषधीहरुका बारेमा जानकारी हासिल गर्ने प्रयास गरेका छन् ।

के कागती र मह प्रभावकारी छन् ? 

खोकीबाट छुटकारा पाउनका लागि ‘सीरप’ घाँटीको पछाडिको भागमा ‘रिसेप्टर्स’ मा लेप लगाएर घर्षण कम गर्दछ । यसै कारणपनि अधिकांश ‘सीरप’ गाढा हुन्छन् । डाक्टर वेन आफ्नो बाल्यकालको एक घटना स्मरण गर्द भन्छन्, ‘‘एक पटक मेरी आमाले खोकी लाग्दा तातो पानी, कागती र मह मिसाइएको सीरप दिनभएको थियो ।’’

File Pic

तर त्यसपछि मेडिकल शिक्षा अध्ययन गर्दा आफ्नो मनमा यस्ता घरेलु उपचार प्रति एक प्रकारको अविश्वास उत्पन्न भएको उनले बताए । यसका बारेमा जानकारी हासिल गर्नका लागि डा. वेन ब्रिटेनको ‘हल युनिभर्सिटी’ पुगे ।

त्यहाँ उनको भेट ‘कार्डियोभेस्कुलर’ र ‘मेटाबोलिक रिसर्च सेन्टर’ मा कार्यरत खोकी विशेषज्ञ एलिन मरिससँग भयो । मारिसले डा. वेनलाई भोड्का र खुर्सानी खुवाए । जसले वेनलाई कडा खोकी शुरु भयो । त्यसपछि उनलाई कागती र मह मिसाइएको ‘सीरप’ दिइएको थियो । खोकी रोकिने वित्तिकै डा. वेनको मुखबाट निस्क्यो, ‘‘यो त चमत्कारी रहेछ ।’’

सिसीमा बन्द ‘सीरप’ कति प्रभावशाली ?

तर के मेडिकल पसलहरुमा पाइने ‘कफ सीरप’ पनि असरदार हुन्छन् ?

डा. वेनले सामान्यतया प्रयोगमा आउने तीन प्रकारका ‘कफ सीरप’ को अध्ययन गरेका थिए । जसमा ग्वेफिनेसन, डेक्सट्रोमेथार्फेन, स्युडोफेडरिन थिए । तर औषधीहरुको अध्ययन पछि डा. वेनले ती औषधीहरुको सेवन नगर्ने सल्लाह दिन्छन् ।  प्रोफेसर मारिस भन्छन्, ‘‘मेरो सल्लाहमा सिसीमा बन्द सीरप र औषधीहरुमा मह–कागतीभन्दा प्रभावकारी हुने प्रमाण कम मिल्छ । कुनैपनि प्रकारको ड्रग मिसाइएको नहुने भएकाले मह–कागतीको सेवन लाभदायक हुन्छ ।’’

खोकीसँगै ज्वरो आए के गर्ने ?

रुघाखोकीसँगै ज्वरो आउँदा मानिसहरु सबैभनदा अगाडि ज्वरोको औषधी सेवन गर्दछन् । डा. वेनका अनुसार ज्वरोबाट राहत पाउन सेवन गरिने औषधीमा तीन प्रकारका ‘ड्रग’ हुन्छन्– पारासिटामोल, ब्रुफेन र डिकंजेस्टेन्ट । ब्रुफेन दुःखाइ कम गर्ने र डिकंजेस्टेन्ट टाउको भारी भएको कम गर्ने औषधी हो । भाइरसले फरक–फरक मानिसमा फरक प्रभाव पार्ने भएकाले एकै प्रकारको औषधी सबै बिरामीका लागि लाभदायक नहुने डा. वेनको भनाइ छ ।

उदाहरणस्वरुप तपाईंको टाउको भारी भएको छैन भने तपाईंका लागि डिकंजेस्टेन्ट आवश्यक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्