Logo

गुल्मीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर । 

जिल्ला वकिल कार्यालय गुल्मीको आयोजना तथा मालीका गाउँपालिकाको सहयोगमा मुलुकी फौजदारी संहिता सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

उक्त कार्यक्रम मालीका गाउँपालिका स्थित मालीका माबिमा सम्पन्न भएको समाचार प्राप्त भएको छ  । अन्तरक्रिया कार्यकर्ममा देवानी, फौजदारी, संहिता, न्यायिक समितिको काम कर्तव्य सम्बन्धी व्यापक छलफल भएको मालीका गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी जगत् पौडेलले जानकारी दिनुभयो  ।

प्रशासकीय अधिकृत लेखनाथ पोखरेल स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला न्यायधिबक्ता लक्ष्मण राज घिमिरे जिल्ला मानव अधिकार गणेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो  ।

 


गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाको अध्यक्षयता रहेको उक्त कार्यकर्मको संचालन भने स्वास्थ्य शाखाका प्रमुख बसन्त भुसालले गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधि सुरक्षाकर्मी, वडा सचिव , गाउँपालिका सबै कर्मचारीको उपस्थिति रहेको समाचार प्रात्त्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्