Logo

संशोधन प्रस्ताव पारित गर्ने मोर्चाको निर्णय



Spread the love
madheshi-morcha
प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रिायवादीहरुले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संीवधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  
आजको अन्नपूर्ण पोस्ट मा खबर छ– सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको हो । तराईमधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा शनिबार बसेको मोर्चा बैठकले एमालेको आन्दोलनलाई ‘शोषक वर्गले उत्पीडित जनताविरुद्धमा चलाएको वितण्डा’ भन्दै त्यसको निन्दा गर्ने निर्णय गर्दै सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
एमालेको संसद् अवरोधको निन्दा गर्दै बैठकले सदनमा संशोधन प्रस्ताव छलफल रोक्नुको उद्देश्य लोकतन्त्रको मूलय र मान्यताविपरीत भउको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्