Logo

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज



Spread the love

सरकारले कालीमाटी र बालाजुर तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो । 

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताएको खबर आजको नागरिक दैनिकमा छापिएको  छ ।

प्रतिक्रिया दिनुहोस्