Logo

२१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार



Spread the love

राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए ।

युवतीले आफुलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सुर्य लामाले बलात्कार गरेको बयान दिएकी छिन् ।

बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको  छ ।

प्रतिक्रिया दिनुहोस्