Logo

रुस र चीनसँग लड्न अमेरिकाले सेना र हतियार बृदी गर्ने



Spread the love

एजेन्सी- अमेरिकी वायु सेनाले चीन र रुस भन्दा अगाडि रहन आफूहरुले बम्बर, लडाकू विमान, ट्याङकर लगायतका हतियार वृद्धि गराउनुपर्ने र ४० हजार दक्ष सेना पनि थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ । रोयटर्सका अनुसार सन् २०२५ देखि ३० बीचको समयमा अमेरिकाले कुनैपनि समय यी दुई देशको सामना गर्नुपर्ने सम्भावना अधिक रहेको देखिएपछि सो लडाइ जित्न अहिले देखि नै तायरी गर्नुपर्ने वायु सेना संघले बताएको हो ।

यसमा आगामी १२ वर्ष सम्म वायुसेनामा २५ प्रतिशत हतियार थप गरिनुपर्ने माग राखिएको छ । हालको प्रशासनले दिइरहेको निर्देशन अनुरुप काम गर्दा अमेरिकी सेना तुलनात्मक रुपमा ज्यादै सानो भएको सेनाकी प्रमुख सचिव हेदर विल्सनले बताएकी हुन् । अहिले अमेरिकी हवाई सेनासँग केबल ३१२ अपरेसनल स्क्वाड्रन समुह रहेकामा त्यसलाई २०३० सम्म बढाएर ३८६ पुर्याउनुपर्ने विश्लेषकहरुको सुझाव रहेकाले पनि यस्तो माग अघि सारिएको बताइएको छ । चीन र रुससँगको सम्भावित युद्धलाई ध्यानमा राख्दै देशको सुरक्षाका निम्त उचित निर्णय लिन जरुरी रहेको विल्सनको भनाइ छ । उनका अनुसार अमेरिकाले वास्तविकता स्वीकार गर्दै सेनाको अवस्थाबारे इमान्दार रहँदै काम गर्नुपर्छ ।

विशेषगरी चिनियाँ शक्ति सबैभन्दा ठूलो चुनौति रहेको उल्लेख गर्दै उनले भनिन्, ‘पछिल्लो समय चीनले अमेरिकासम्म पुग्ने लामो रेन्जको मिसाइल र विमानवाहक लन्च गरेको छ भने उता साउथ चाइना सीमा कृत्रिम टापुको निर्माणमार्फत सैन्य क्षमता पनि बढाइरहेको छ ।

त्यस्तै यता रुसले पनि हालै मात्र चार दशककै ठूलो सैन्य अभ्यास सम्पन्न गरिसकेको छ जसमा ३ लाख सेना समावेश गराइयो । ’ यसकारण पनि अमेरिकाले आफ्नो प्रदर्शनमा सुधार ल्याउन जरुरी रहेको उनले बताइन् । यसका लागि १ खर्ब डलर भन्दा बढी खर्च लाग्ने बताइएको छ । आफूहरु विश्वको सबैभन्दा उत्कृष्ट सेना भएपनि केही वर्ष यतादेखि अरु देशहरुले पनि अमेरिका जस्तै रणनीति अपनाइ आफ्नो देशका लाभदायी पक्षहरु कम गराएको वायु संघको भनाइ छ । यसमा मिसाइलको सङ्ख्यामा वृद्धि नगराएपनि त्यसको आधुनिकीकरणमा भने जोड दिइनुपर्ने बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्