Logo

सल्यानका २ सहित ५ जना जुवाखालबाट रङ्गे हात पक्राउ



Spread the love

दाङ- दाङमा प्रहरीले जुवाखालबाट ५ जनालाई नगत सहित पक्राउ गरेको छ । उनीहरुबाट ४३ हजार बढी नगत बारामत गरिएको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निबासी ३३ वर्षीय तारा केसी, तुलसीपुर ८ निबासी ३१ वर्षीय सुरेन्द्र सिंह राठौर, तुलसीपुर २ का २७ वर्षीय शोभाराम वली, सल्यान थारमारे ५ का ३६ बर्षीय दिल बहादुर सुनार, सोही ठाउँका ४१ वर्षीय तेज बहादुर खड्का रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित बालकृष्ण डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

जुवा खेलिरहेको भन्ने सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको जानकारी प्रहरीले दियो । चाडपर्व नजिकिदै गर्दा जुवाडेहरु पक्राउ पर्ने सन्ख्या बाध्न सक्ने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्