Logo

सल्यान जिल्लाको मुहार फेर्न लागि पर्छु : मन्त्री दलजित सेर्पाली



Spread the love

swaagat_mantriko

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित सेर्पालीले खेलकुद क्षेत्रमा सल्यान जिल्लाको मुहार फेर्न आफू लागि पार्ने बताएका छन् ।

रुकुम जिल्लामा हुनगहिरहेको मध्यपश्चिम क्षेत्र स्तरीय सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा जाने शिलशिलामा सेर्पालीले यस्तो कुरा बताएका हुन । सल्यान उद्योग बाणिज्य संघ सल्यानले आइतबार बिहान सल्यानको श्रीनगरमा गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री सेर्पालीले १० वर्षिय महान जनयुद्ध देखि लिएर लोकतान्त्रिक गणतन्त्र स्थापना सम्म सल्यान जिल्लाको महत्वपूर्ण भुमिका रहेको बताउदै सल्यान जिल्लाको बिकास गर्न आफुहरु लागि पर्ने बताएका छन् ।

15349538_847985502008069_2382317610964660222_n

प्राय जिल्लाको बिकासका विषय बस्तुमा राजनैतिक दलहरुले अस्वस्थ भागबन्डा गर्दै आएकाले देशको समग्र बिकासमा असर पर्दै गएको र बिकासको कुरामा सबै मिलेर जादा जस्तो असम्भव कुरा पनि संभव हुने उनले वताए । पछील्लो समयमा सल्यान जिल्लाले खेलकुद क्षेत्रमा सन्तोषजनक प्रगती गर्दै गरेको र यसलाई अझ वृद्धि गर्नको लागि भौतिक पुर्बाधारको आवश्यकता परेकाले खेलकुद मन्त्रालयलाई यस तर्फ ध्यानाकर्षण गराउन सल्यान उद्योग बाणिज्य संघले ५ बुदे ज्ञापनपत्र समेत बुझाएको थियोे ।

15327391_847985378674748_4822457916510767575_n

 

श्रीनगरमा खेलकुद कभर्डहल, थारमारे र श्रीनगरमा १/१वटा रंगशाला निर्माण साथै तुलसीपुर सल्यान सडक खण्डको स्तरोन्नति लगाएतका बिषय बस्तु समेटिएको ज्ञापन पत्रको जवाफमा मन्त्री शिर्पाइलिले नतिजा ढिला होला तर सल्यान जिल्लाको खेलक्षेत्रमा  मुहार फेरेर देखाउने र आफुले कुरा भन्दा काम गरेर देखाउने प्रतिबद्दता ब्यक्त गरेका छन् । युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाली, नेकपा माओबादी केन्द्रका मुख्य सचेतक टेक बहादुर बस्नेत लगाएतका नेताहरुलाई श्रीनगर बजार, थारमारे बजार, बाँङ्गेलाँखुरी बजार, जनकल्याण क्याम्पस, सल्यान रुकुम यातायात ब्यवसायी समिती शाखा कार्यालय बागचौर र बागचौर नगरपालिका लगाएतका ठाउँहरुमा स्वागत गरिएको थियोे ।

15398857_1844956575748492_2050167341_o

प्रतिक्रिया दिनुहोस्