Logo

सन्तोष रजौरे अन्तर्राष्ट्रिय म्युजिक अवार्ड चुम्न सफल



Spread the love

अष्ट्रेलियाको सिड्नमा सम्पन्न बाबा राप्ती अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा सर्वोत्कृष्ट चलचित्र संगीत अवार्ड सन्तोष रजौरे चुम्न सफल भएका छन् ।

राप्ती समाज अष्ट्रेलियाले पन्ध्र विधामा विभिन्न व्यक्तिहरूलाई अवार्ड दिएर सम्मान गरेको थियो ।

अवार्ड पाउने अन्य व्यक्तिहरूमा गीत संगीत र नृत्य प्रस्तुतिको आधुनिक तर्फ प्रकाश रेग्मी र शिन्धु मल्ल, लोक दोहोरी बाट कृष्ण रेऊले र राधिका हमाल र चलचित्र क्षेत्रबाट नायक पल शाहले रहेका थिए ।

नरेश रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलाकारहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्