Logo

लागुऔषधसहित पाँच पक्राउ



Spread the love

काठमाडौँ, २७ मङ्सिर ।

1336492129_86463000 प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउपर्नेमा काठमाडौँका ४१ वर्षीया सुनिता परियार, झापा तोपगाछी घर भई हाल काठमाडौँ चाबहिल बस्ने २३ वर्षीय अनुप बराइली, काठमाडौँ महाङ्कालका २६ वर्षीय आर्दश तामाङ, काठमाडौँ घर भई ललितपुर गाबहाल बस्ने ३२ वर्षीय विष्णु रणपहेली र सिन्धुली घर भई हाल काठमाडौँ नारायणटार बस्ने ३० वर्षीय विजय तामाङ रहेका छन् ।

उनीहरुमध्ये सुनिता परियारको साथबाट प्रहरीले नाइट्रोभेट डाइजेपाम १०७ एम्पुल, ब्रप्रेनर्फिन १०७ एम्पुल र फेनागेन १०७ एम्पुलसमेत गरी जम्मा ३२१ एम्पुल लागुऔषधसहित नगद रु ४५ हजार बरामद गरिएको छ ।

त्यस्तै अनुप बराइलीको साथबाट डाइजेपाम ८६० एम्पुल, ब्रप्रेनर्फिन ८६० एम्पुल र फेनार्गन ८६० एम्पुलसमेत गरी जम्मा दुई हजार ५८० एम्पुल र खैरो हेरोइन एक ग्राम तथा विष्णु रणपहेली र आदर्श तामाङको साथबाट डाइजेपाम ८८ एम्पुल, ब्रप्रेनर्फिन ८८ एम्पुल र फेनार्गन ८८ एम्पुलसमेत गरी कुल १६४ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

विजय तामाङको साथबाट डाइजेपाम पाँच एम्पुल, बुप्रेनिर्फन पाँच एम्पुल र फेनार्गन पाँच एम्पुलसमेत जम्मा १५ एम्पुल बरामद गरिएको छ । अनुप बराइलीले उक्त लागु पदार्थ भारतबाट विराटनगर, वीरगन्ज तथा भैरहवा नाका हुँदै ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई लागुऔषध (नियन्त्रण) ऐनबमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुलाई आज ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्