Logo

महाकाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र



Spread the love

बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ  ।

राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । सवारीसाधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्