Logo

गुल्मीमा निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर ।

लायन्स क्लव अफ काठमाण्डौ लड बुद्ध र नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीको संयोजनमा आगामी असोज १२ र १३ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

उक्त शिबिर सदरमुकाम तम्घासको महेन्द्र माविमा संचालन हुने समाचार प्रात्त भएको छ ।

शिविरमा मुटुको इसिजी, इको कार्डियोग्राम, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र प्याथोलोजी सहित एक दर्जन रोगको उपचार तथा निशुल्क औषधी बितरण गर्ने योजना रहेको नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताए ।

शिविरमा काठमाण्डौका विभिन्न अस्पतालमा कार्यरत बरिष्ट डाक्टरहरु आउने स्रोतले बताएको छ ।
साथै असोज १३ गते बिश्व मुटुरोग दिवसको अवसरमा बिभिन्न कार्यक्रम संचालन हुने पत्रकार रुमा पौडेल जानकारी दिएकि छन् ।

प्रतिक्रिया दिनुहोस्