Logo

बागचौरको सडक विवाद मिल्यो, दुबै संघर्ष समिति विघटन



Spread the love

सल्यान जिल्ला बागचौर नगरपालिका भित्र पर्ने खरीबोट-टाट्के-कोटबारा- बाफुखोला सडक खण्डको विवाद मिलेको छ ।

विवाद मिले संगै दुबै संघर्ष समिति विघटन गर्ने सहमति भएको छ ।

विवाद समाधानको लागी नेकपाका नेता तिलक मल्ल ‘क्षितिज’ को अध्यक्षतामा दुबै संघर्ष समिति, सरोकारवाला लगायतको बैठक वसेको थियो ।
बैठकले टाट्के देखी चौफारी सम्मको ३ किलोमिटर जङ्गलको बाटोको सम्बन्धमा  विवाद आएकोले सो बाटोलाई दुवै पक्षको चित्त बुझ्ने गरी टाट्के-खारागाउँ-तिर्सेखोली-एक्ले उत्तिस हुँदै चौफारी जोड्ने र दुरी ३ किलोमिटर बाट घटाइ २.५ किलोमिटर कायम गर्ने निर्णय गरेको छ ।

साथै सडक संघर्ष समितिले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरू  फिर्ता लिने र २ वटै सडक संघर्ष समिति विघटन गर्ने सर्वसम्मत निर्णय गरेको छ भने सडकको  विषयमा सामान्य कुरालाई लिएर विवाद नगर्ने निर्णय समेत गरेको छ ।

विवाद समाधानका लागी नेकपाका नेता तिलक मल्ल क्षितिज को अध्यक्षतामा बसेको बैठकमा नेकपाका नेता किर्तिबहादुर पुन ‘प्रकाण्ड’को विशेष आतिथ्यता रहेको थियो । बैठकमा वडा नं २ का अध्यक्ष घनश्याम शर्मा, वडा नं ११ का अध्यक्ष मोहन खड्का, वडा नं ७ का अध्यक्ष शेरबहादुर घर्ती, वडा नं ७ का सदस्य ओमकार वली, नेकपाका नेता जनक घर्ती, शोभाराम भण्डारी, नेकपाका स्थानीय नेता प्रेम डाँगी, सडक संघर्ष समितिका अध्यक्ष दिलबहादुर बुढा (डिल्ली बुढा) र सचिव खडक खड्का लगायतको उपस्थित रहेको थियो।

बैठकले विवाद समाधानको लागी बैठकले गरेको सहमतिको  निर्णय (माइन्युट सहित)बागचौर नगरपालिकाकाका नगर प्रमुख बुढाथोकीलाई बुझाएका छन् ।

नगर प्रमुख बुढाथोकीले सुरुमा आफू नजोडिएको विषयमा मुछेर केही तत्त्वहरूले बदनाम गर्न खोजे पनि अहिले दुवै ठाउँका जनता एकताबद्ध भएर निकास सहित आएकोमा खुसी लागेको बताए । कार्यक्रममा उपप्रमुख कल्पना पुन लगायत सबैले विवाद समाधान भएकोमा खुसी व्यक्त गरेका थिए ।

विवाद समाधान संगै आइतबार  देखि पुनः सडक डिपिआरको कामले पूर्णता पाउने नगरपालिकाले जनाएको छ ।

बैठकको_निर्णय 

प्रतिक्रिया दिनुहोस्