Logo

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा



Spread the love

५ असोज, काठमाडौं- नेपाल प्रहरीका तीन डीआईजीहरु प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा  भएका छन । मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार पहिलो नम्बरमा सिफारिस भएका पुस्कर कार्की, त्यस्तै दोस्रोमा ठूले राई र तेस्रोमा धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।

बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्